
असोज २१, दैलेख
दैलेखको दुर्गम गाउँका किसानहरुले हाइब्रिड बिउ उत्पादन गरेर करोडौँको बिउ बिक्री गरेका छन् । यस्तो कुरा धेरैलाई पत्याउन गाह्रो हुन्छ । दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ का किसानहरुले आफ्नो बारीमा उत्पादन भएको हाइब्रिड बिउ बेचेर बर्सेनि लाखौँ आम्दानी लिन सफल भएका हुन् ।
पौरखी किसान बिष्णु बहादुर शाहीले अहिले आफूले उत्पादन गरेको सृजना हाइब्रिड टमाटरको बिउ सुकाउने तरखरमा छन् । यसको जतन निकै मेहनतका साथ गरेका उनले १ केजीको मूल्य ५५ हजारमा बिक्री हुने बताए । यो वर्ष समूहका सबै मिलेर १० केजी बिको अडर पुरा गर्नुपर्ने छ । बिष्णुबहादुर शाहीले भने ूदैलेखको दुल्लु नगरपालिका वडा नं. १३ का किसानहरुले हातेमालो सहकारी मार्फत बिउ उत्पादन गर्ने गरेका छौँ, प्लास्टिक घरमा हाइब्रिड बिउ निकाल्न निकै मेहनत गर्नुपर्दछ । फरक फरक दुईवटा घरमा टमाटरमा फरक जात उमार्नेदेखि उनीहरूको सिड क्रस गराउनका लागि निकै मेहनत गर्नुपर्दछ । ू
दैलेखका पौरखी किसान बिष्णुबहादुर शाही सहित ८० जनाको समूहले यस्तै बिउ उत्पादन गर्ने र बिक्री वितरण गर्ने गर्दछ । टाढाबाट हेर्दो सुख्खा देखिने यो भू भागमा वार्षिक करोडौँको बिउ उत्पादन भएर बिक्री हुन्छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ ।
किसानहरूले टमाटरको हाईब्रिट बिउ उत्पादन सुरु गरेर घरबाटै लाखौँ आम्दानी लिन सुरु गरेका छन् । सहकारीमा आबद्ध २८० जना किसानहरू मध्ये अहिले ८० जना किसाहरुले टमाटर, प्याज, सिमी, मुला, चम्सुर लगायतका बिउ उत्पादन गरेर गतबर्षदेखि बिक्री सुरु गरिसकेका छन् । गत वर्ष ८० लाखको बिक्री गरेका हौँ यो वर्ष १ करोड २० लाखको बिक्री गर्ने तयारी छ । उत्पादित बिउ सिए सिड कम्पनीले खरिद गर्ने गर्दछ । एउटा किसानले न्यूनतम ५ लाख सम्म आम्दानी गर्न सफल भएका छन् ।
गाउँमा पौरख गर्नेलाई सरकारले सहयोग गरे कुनै युवा पनि विदेश जानुपर्दैन ।
नेपालमा मात्र करोडौंकमा बिउ बाहिर देशबाट ल्याउनुपर्दछ । हामी किसानले उत्पादन गरेका बिउहरू पनि हामीबाट सस्तोमा लिएर प्याकेजिङ र ब्राण्डीङ्गको नाममा मात्रै तेब्बर मूल्य बढाएर हाम्रै किसानहरू सँग आउँछ । तीनै तहका सरकारले हरेक सम्भावना भएका क्षेत्रहरूमा यस्तै नयाँ नयाँ प्रविधिको बिस्तार गर्न सकेमा कुनैपनि युवाहरु विदेश जानु नपर्ने र घरमै लाखौँ कमाई हुने बिष्णुबहादुर शाहीबताउँछन् ।
कृषि विकास कार्यालय दैलेखले बिउ उत्पादनका लागि पक्की प्लास्टिक घर सँगै प्रबृधिमा सहयोग गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक प्रसाद पाण्डेले जानकारी दिएका छन् । अहिले कृषि विकास कार्यालय र सहकारीको साझेदारीमा २० लाख रकम लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बिउ उत्पादनमा निकै सहयोग पुग्ने किसानहरूले बताएका छन् ।
बारीमै पुगेर अबलोकन

बिउ उत्पादन प्रक्रियाको बारेमा कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषकको बारीमै पुगेर अवलोकन गरेका छन् ।
किसानहरुले नयाँ नयाँ प्रविधि अपनाउँदै दुर्गम स्थानमा पनि बिउ उत्पादन गरेर लाखौँ आम्दानी लिन सुरु गरेको विषय निकै प्रभावकारी बनेको र किसानहरूले उत्पादन गरेको बिको प्रवर्द्धन सँगै प्याकेजिंङको व्यवस्थापन गर्न प्रदेश सरकारले नयाँ कार्यक्रम तय गर्ने र यो बर्सबाट लागु गर्ने बताएकी छन् । स्थानीय स्तरमै सिपको अधिकतम प्रयोग गर्दै युवाहरूलाई परिचालन गर्न सकेमा सयौँ युवाहरूले घरमै बसेर आम्दानी लिन सक्ने देखिन्छ ।











